२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । कोशी प्रदेशमा सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्थाको शाखा संख्या एक हजार आठ सय ६० पुगेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको कोशी प्रदेशको अर्ध(वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार यस प्रदेशमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तसहित) को सञ्चालनमा रहेका कुल शाखा संख्या एक हजार आठ सय ६० पुगेको हो ।
सञ्चालनमा रहेका शाखाहरू मध्ये वाणिज्य बैंकका सात सय ५९, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ र लघुवित्त वित्तीय संस्थाहरूको ८ हजार ७० शाखाहरू रहेका छन ।
जिल्लागत आधारमा शाखाहरूको उपस्थिति हेर्दा सबै भन्दा बढी मोरङ्ग जिल्लामा ४ सय ५५ शाखाहरू र सबै भन्दा कम ताप्लेजुङ्ग जिल्लामा ३८ शाखाहरू रहेका छन् ।
यस्तो छ जिल्लागत शाखाका संख्याहरू
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij