२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
संघीय संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
संसदलाई प्रभावकारी बनाउने, संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकबारे छलफल भएको सचिवालयको भनाइ छ ।
सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij