Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो ५ बुँदे अपिल

काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो ५ बुँदे अपिल


  • 12.6K
    Shares

    काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो यस्तो ५ बुँदे अपिल
    images

    काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले सतर्कताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ बुँदे अपिल जारी गरेको छ।

    अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेको हो।

    फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन मन्त्रालयले आग्रह गरेको छ। धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

    अत्यावश्यक नभइ सवारीसाधन नचलाउन तथा प्रदूषण कम गर्ने कार्यमा सघाउन समेत मन्त्रालयले सवै पक्षसँग आग्रह गरेको छ।

    kathsuuu.jpg

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - २०:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij