२०८२ फाल्गुण ३० गते शनिवार
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्।
भारतको मोतिहारी चमारण स्टेसन घर भइ हाल चितवन ईच्छाकामना गाउँपालिका बस्ने २२ वर्षीय मुकेश चौधरीले नेपाली महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
चौधरीले ३५ वर्षीया एक महिलालाई विवाह गर्छु भनी ललाईफकाई स्याङ्जाको फेदिखोला गाउँपालिकामा ल्याइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
चैत ८ गते आरोपित चौधरीले जबरजस्ती करणी गरेको उजुरीमा छ । चौधरीलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट ६ दिनको म्याद थप भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij