Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

वायु प्रदुषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबरुद्ध

वायु प्रदुषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबरुद्ध


  • 7.2K
    Shares

    वायु प्रदुषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अबरुद्ध
    images

    काठमाडौँ । काठमाडौँको वायु प्रदुषणका कारण शुक्रबार केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।

    भारतको आकासबाट आएको तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

    विमानस्थलका अधिकारीका अनुसार भिजिबिलिटी सुधार नभएसम्म विमानस्थल सूचारु हुनेछैन । 'भिजिबिलिटी डाउन' भएसँगै काठमाडौँ अवतरण गर्नुपर्ने विमानहरु अन्यत्र मोडिएको बताइएको छ ।

    सिमरा, विराटनगर, पोखरा लगायत विभिन्न गन्तव्यमा भइरहेको नियमित उडान अवतरण समेत प्रभावित भएको बताइएको छ । ती विमानस्थलका उडान पनि 'डिले' भएका छन् । विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार एउटा चार्टर जहाजको काठमाडौँ अवतरण समेत प्रभावित बनेको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १६:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij