२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी ओलीले बोलाएको दलको बैठकमा सहभागी हुने निर्णय गरेको माधव पक्ष बालुवाटार पुगेको छ ।
नेकपा एमालेका असन्तुष्ट नेताहरु झलनाथ खनालको नेतृत्वमा बालुवाटार पुगेका छन् । संसदीय दलको बैठकमा भाग लिन खनालको नेतृत्वमा बालुवाटार पुगेका हुन् ।
बैठकमा माधवकुमार नेपाल र भीम रावल भने गएका छैनन् । यसअघि कलंकीमा बसेको आफू समूहका केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो । सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि नजाने श्रोतको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij