Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

घरबाट वेपत्ता भएका कैलाश १२ वर्षपछि भारतमा भेटिए

घरबाट वेपत्ता भएका कैलाश १२ वर्षपछि भारतमा भेटिए


  • 5.6K
    Shares

    घरबाट वेपत्ता भएका कैलाश १२ वर्षपछि भारतमा भेटिए
    images

    कैलाली । कैलालीबाट ७ वर्षको उमेरमा हराएका एक व्यक्ति १२ वर्षपछि भारतमा फेला परेका छन् ।

    कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित आफ्नै घरबाट २०६५ सालमा वेपत्ता भएका कैलाश शाही १२ वर्षपछि फेला परेका हुन् । 

    उनी भारतमा रहेको भन्ने जानकारी पाएपछि विभिन्न संस्था र नेपाली प्रहरीको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । 

    शाही हाल १९ वर्षका भएका छन् । घरबाट वेपत्ता भएपछि उनी भारत पुगेका थिए । शाहीले दिल्लीमा २ वर्षसम्म सडक बालबालिको रुपमा जीवन बिताएको पाइएको छ ।

    सडक बालबालिका उद्धार गर्ने संस्थाबाट उद्धार भई जीवनयापन गरिरहेको अवस्थामा उनी हाल भारतको लुधियानामा थिए ।लुधियानामा रहेको भन्ने जानकारी पाएपछि प्रहरीमार्फत् उद्धार गरी बिहीबार आमा गीतादेवी शाहीको जिम्मा लगाइएको कैलाली प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १५:५२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij