Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जेठ महिनामा १४ जिवन बीमा कम्पनीले आर्जन गरे ३ अर्ब ३३ करोड बीमा शुल्क, कुनले कति ? 

जेठ महिनामा १४ जिवन बीमा कम्पनीले आर्जन गरे ३ अर्ब ३३ करोड बीमा शुल्क, कुनले कति ? 


  • 2.0K
    Shares

    जेठ महिनामा १४ जिवन बीमा कम्पनीले आर्जन गरे ३ अर्ब ३३ करोड बीमा शुल्क, कुनले कति ? 

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को को जेठ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३३ करोड माथि प्रथम बीमा शुल्क संकलन गरेका छन् । 

    नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरू ३ अर्ब ३३ करोड ३४ लाख रपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । 

    उक्त समयमा हाल सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीले ४ लाख ३० हजार वटा बीमा पोलिसी बिक्री गरेका छन् ।  प्रथम बीमा शुल्कको २४ प्रतिशत हिस्सा नेपाल लाइफले ओगटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८३ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

    यस्तै, नेशनल लाइफले प्रथम बीमा शुल्कको १३ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । कम्पनीले यस अवधिमा ४४ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

    तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ३५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

    अन्य कुन कम्पनीको कति ? 

    सूर्यज्योति लाइफले २३ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले २३ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १८ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

    यता, एशियन लाइफले १८ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १७ करोड ९१लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

    त्यस्तै, सिटिजन लाइफले १६ करोड ९५लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले १४ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १३ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । 

    त्यसैगरी, मेट लाइफले ११ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ९३लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०८१ बुधवार - ०८:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij