Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रदेश १ सरकारमा थपिए यी मन्त्री, क-कसले लिए शपथ ?

प्रदेश १ सरकारमा थपिए यी मन्त्री, क-कसले लिए शपथ ?


  • 5.6K
    Shares

    प्रदेश १ सरकारमा थपिए यी मन्त्री, क-कसले लिए शपथ ?

    विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् ।

    आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् ।

    यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

    मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

    सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १३:४७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij