Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको डोल्पा जिल्ला अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु

एमालेको डोल्पा जिल्ला अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु


  • 6.3K
    Shares

    एमालेको डोल्पा जिल्ला अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । नेकपा एमालेको डोल्पा जिल्ला अध्यक्ष  दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ । 

    कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएको कर्णाली प्रदेशसभा सदस्‍य बदमीक्वारी बोहोराले  जानकारी दिइन् । 

    उनी गत माघ २३ गते नेकपा एमाले ओली समूहले नारायणहिटी संग्रहालयअगाडि गरेको  जनसभामा सहभागी हुन डोल्पाबाट काठमाडौं आएको र त्यसपछि डोल्पा नफर्किएको बोहराको भनाइ छ । 

    सशस्त्र द्वन्द्वमा माओवादीले आक्रमण गर्दा घाइते भएका रोकायाको परिवार द्वन्द्वकालमा गाउँबाट विस्तापित भएको थियो। त्यसपछि सदरमुकाममै बस्दै आएका रोकायाका छोरा काम गर्न  दुबई गएका छन् । उनकी छोरी  भक्तपुरको लोकन्थलीका बस्दै आएकी छन्।  

    २०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकाया नेकपा एमाले डोल्पाका संस्थापक थिए । उनले नै डोल्पामा एमाले विस्तार गरेका थिए । रोकायाको नेपाली सेनाले पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरेको छ । 

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १३:०७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij