Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

ग्याँस सिलिण्डर पड्किएर घाइते भएका बस्नेतको मृत्यु, २ जना गम्भीर

ग्याँस सिलिण्डर पड्किएर घाइते भएका बस्नेतको मृत्यु, २ जना गम्भीर


  • 7.8K
    Shares

    ग्याँस सिलिण्डर पड्किएर घाइते भएका बस्नेतको मृत्यु, २ जना गम्भीर

    काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर मस्मस् एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ ।

    दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी पसल सञ्चालक हुन् ।

    घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ । दोलखाकै सैलुङ-६ घर भई काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भीर छन् । उनीहरु मृतकका आफन्त हुन् ।

    यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्दाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी र १६ वर्षीय हिमुन्स थापा भने सामान्य छन् । 

     

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - ११:५५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij