Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


  • 2.4K
    Shares

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    बैंकले संस्थापक शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । 


    शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०८:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij