Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तरलता फलाफाल भएपनि ११ महिनाको अवधीमा तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

तरलता फलाफाल भएपनि ११ महिनाको अवधीमा तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?


  • 2.6K
    Shares

    तरलता फलाफाल भएपनि ११ महिनाको अवधीमा तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा आल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले २ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब २४ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । 

    नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको अन्त्यमा वाणिज्य बैंकहरूमा ५२ खर्ब ८७ अर्ब निक्षेप रहेकोमा चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा यो बढेर ५५ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको हो । त्यस्तै, गत आर्थिक बर्षको अन्त्यमा ४३ खर्ब १८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी पनि ४५ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ ।

    तीन बैंकको निक्षेप घट्यो

    यता, जेठ मसान्तसम्ममा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरू मध्ये तीन बैंकको निक्षेप घटेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरू मध्ये प्रभु बैंक, माछापुच्छ«े बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने गत बर्षको तुलनामा निक्षेप घटेको देखिएको हो । 

    तथ्याङ्क अनुसार स्ट्यान्डर्ड चार्टर्डको निक्षेप ६.०५ प्रतिशतले घटेर १ खर्ब १५ अर्बमा झरेको छ । गत आर्थिक बर्षमा यस बैंकको निक्षेप १ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, माछापुच्छ्रेको निक्षेप ५्४३ प्रतिशतले घटेर १ खर्ब ५० अर्बमा झरेको छ भने, प्रभु बैंकको निक्षेप ४ प्रतिशतले घटेर २ खर्ब ८४ अर्बमा झरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ८२ अर्बले बढ्यो

    चालु आव ११ महिनामा राष्ट्रिय वाणिज्य बैंकले मात्रै ८१ अर्ब ६५ करोडले निक्षेप बढाएको छ । गत असार मसान्तमा ३ खर्ब २३ अर्ब रहेको बैंकको कुल निक्षेप चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा २५.२८ प्रतिशतले बढेर ४ खर्ब ५ अर्ब पुगेको हो ।

    ग्लोबल आईएमई र नबिलको निक्षेप ५० अर्बभन्दा धेरैले बढ्यो 

    चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ग्लोबल आईएमई बैंक र नबिल बैंकले पनि निक्षेप ५० अर्बभन्दा धेरैले बढाएका छन् । ग्लोलब आईएमई बैंकको निक्षेप गत असारमा ४ खर्ब ३९ अर्ब रहेकोमा चालु आवको ११ महिनामा १२.४३ प्रतिशतले अर्थात ५४ अर्ब ६३ करोड रुपैयाँले बढेर ४ खर्ब ९४ अर्ब पुगेको छ ।

    यता, नबिलको निक्षेप गत असारमा ४ खर्ब २ अर्ब ६४ करोड रहेकोमा जेठ मसान्तमा १३.१४ प्रतिशत अर्थात ५२ खर्ब ८९ अर्ब रुपैयाँले बढेर ४ खर्ब ५६ अर्ब पुगेको छ ।

    यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निक्षेप पनि १०.५२ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब पुगेको हो । प्राइमको निक्षेप १७.७४ प्रतिशत, नेपाल एसबीआई १५.२५, कृषि विकास १४.४९, एभरेस्ट १३.९३ र नेपाल बैंकको निक्षेप ११.६८ प्रतिशतले बढेको हो ।

    चालु आर्थिक बर्षको ११ महिनामा बैंकहरूको निक्षेप वृद्धि

    newsn.JPG

    कर्जा प्रवाहको अवस्था कस्तो ?

    मौद्रिक नीतिको लक्ष्य अनुसार कर्जा विस्तार हुँदा चालु आर्थिक बर्षमा करिब ५ खर्ब ६७ अर्ब कर्जा विस्तार हुनुपर्ने थियो । तर, जेठसम्म २ खर्ब ५४ अर्बले मात्रै बढेको हो ।

    जसमध्ये वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्बले कर्जा विस्तार गरेका छन् । २०८० असार मसान्तमा ४३ खर्ब १८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी २०८१ जेठ मसान्तमा ४५ खर्ब ४२ अर्ब पुगेको छ ।

    नबिलले मात्रै बढायो आधा खर्ब कर्जा 

    वाणिज्य बैंकहरूले सवा २ खर्ब कर्जा विस्तार गर्दा नबिलले मात्रै करिब आधा खर्बले कर्जा बढाएको तथ्याङ्क छ । गत असार मसान्तमा ३ खर्ब ४१ अर्ब कर्जा रहेको नबिलको चालु आव ११ महिनामा ४७ अर्ब ९१ करोडले बढेर ३ खर्ब ८९ अर्ब पुगेको छ । बैंकिङ प्रणालीको कर्जा विस्तार ५ प्रतिशतमा सीमित हुँदा नबिलले भने १४ प्रतिशतले बढाएको छ । 

    अन्य बैंकहरूको अवस्था कस्तो ? 

    नबिलभन्दा कर्जा विस्तारमा आक्रामक प्राइम बैंक देखिन्छ । गत असारमा १ खर्ब ६३ अर्ब मात्रै रहेको प्राइमको कुल कर्जा जेठ मसान्तमा १८.२३ प्रतिशतले बढेर १ खर्ब ९३ अर्ब पुगेको हो । यस बैंकको कर्जा ११ महिनामा ३० अर्बले बढेको छ । 

    यस्तै एभरेस्ट बैंकको कर्जा १०.५६ प्रतिशतले बढेर १ खर्ब ८५ अर्ब ८८ करोड पुग्दा, कृषि विकास बैंकको १०.०८ प्रतिशतले बढेर २ खर्ब २ अर्ब र नेपाल बैंकको १०.०६ प्रतिशतले बढेर २ खर्ब ५ अर्ब पुगेको छ ।यस्तै सिटिजन्स बैंकले पनि कर्जा ९.२७ प्रतिशतले बढाएर १ खर्ब ५७ अर्ब पु¥याएको छ । 

    गत असारको तुलनामा यी बैंकहरूको कर्जा भने घट्यो

    स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित प्रभु बैंक र लक्ष्मी सनराइज बैंकको कर्जा भने गत असारको तुलनामा घटेको छ । स्ट्यान्डर्ड चार्टर्डको कर्जा ९५ अर्बबाट ७.३२ प्रतिशतले घटेर ८८ अर्बमा झरेको हो । त्यस्तै प्रभुको कर्जा २.२३ प्रतिशतले घटेर २ खर्ब ३७ अर्बमा आउँदा लक्ष्मी सनराइजको कर्जा ०.२३ प्रतिशतले घटेर २ खर्ब ५७ अर्बमा झरेको छ । 

    चालु आर्थिक बर्षको ११ महिनामा बैंकहरूको कर्जा विस्तार 

    newsk.JPG

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०८:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij