Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वास्थ्य

प्रचण्ड सरकारको निर्णय : दुर्गा प्रसाईंको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिने

प्रचण्ड सरकारको निर्णय : दुर्गा प्रसाईंको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिने


  • 2.6K
    Shares

    • images
    प्रचण्ड सरकारको निर्णय : दुर्गा प्रसाईंको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिने
    images

    काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो । 

    आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले १५ दिनभित्रमा सम्बन्धन दिन सरकारको नाममा परमादेश जारी गरेको थियो । 

    सोही आधारमा काठमाडौं विश्वविद्यालयले सम्बन्धनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको थियो । काठमाडौं विश्वविद्यालयको पत्रको आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो । 

    बैठकमा अध्यक्ष प्रचण्डसहित सहअध्यक्षद्वय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव लगायतको उपस्थिति थियो । 

    सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । 

    उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि पत्र लेखेर पठाउने निर्णय गरेको थियो । 

    बीएण्डसीले २०६४ सालमा नै शिक्षा मन्त्रालयबाट आशयपत्र लिएको थियो । आशयपत्र लिएर पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरेको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धन पाउन सकेको थिएन । त्यसपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - १०:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij