२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । स्वदेशमा रोजगार नपाएपछि दैनिकी चलाउन भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले पुन: स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु फेरी लकडाउन हुन सक्ने त्रासका कारण धमाधम स्वदेश फर्किन शुरु गरेका हुन्।
नेपाल भारतका सीमानाकामा केही दिन यतादेखि घर फर्कने नेपालीहरुले लामो लाइन देख्न सकिन्छ । अघिल्लो साल चैत महिनाको दृश्य सम्झाउने गरी पुन ती नाकाहरुमा घरफर्कनेहरुको भिड बढेको स्थानीय प्रशासनले जनाएको छ।
विशेषगरी कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट, नेपालगन्ज–रूपैडिया, कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको भैरहवा लगायतका नाकामा आवगमन बढेको हो । ती नाकाहरुमा भारतबाट फर्किने नेपालीको लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच रोजगारी खोज्दै भारत जानेको यस्तै भीडभाड थियो ।
भारतबाट फर्किनेहरुमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण एवम् लक्षणहरु देखिएको छ। सीमानाकामा स्थपना गरिएका हेल्थ डेक्समा पनि प्रभावकारी रुपमा संचालनमा नआउदा कोरोनाको दोस्रो लहर फैलने चिन्ता स्थानीयले गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij