Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

होलीको मुखमा बढ्यो कोरोनाको त्रास : उपत्यकामा ५ हजार प्रहरी परिचालन !

होलीको मुखमा बढ्यो कोरोनाको त्रास : उपत्यकामा ५ हजार प्रहरी परिचालन !


  • 6.2K
    Shares

    होलीको मुखमा बढ्यो कोरोनाको त्रास : उपत्यकामा ५ हजार प्रहरी परिचालन !
    images

    काठमाडौं । नेपाल कला र संस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ ।

    होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्म आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा होली मनाइन्छ ।

    यो बर्षको होली आइतबार परेको छ । यस होली आउन अब दुई दिन मात्र बाँकी छ । कोरोना संक्रमण बढ्दै गएकाले यस बर्ष पनि होलीका सार्वजनिक कार्यक्रमहरु प्रभावित हुने भएका छन् । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।

    गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न समेत निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।

    स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गरिने छ

    होलीमा भीडभाडमा हुन नदिन मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।

    काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ ।

    फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ ।

    काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १०:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij