Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु

मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु


  • 4.6K
    Shares

    मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु

    धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।

    धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

    डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए।

    ‘असईसाब आफ्नो ड्युटी सकेर घर जाँदै हुनुहुन्थ्यो, त्यही बेला ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो,’ डिएसपी मिश्रले भने, ‘हामीले आज बिहान करिब साढे ४ बजेमात्रै यसबारे जानकारी पाएका हौं।’

    मृतक कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १०:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij