Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले विवाद : नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीमा, आगामी रणनीतिबारे छलफल हुने

एमाले विवाद : नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीमा, आगामी रणनीतिबारे छलफल हुने


  • 6.0K
    Shares

    एमाले विवाद : नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीमा, आगामी रणनीतिबारे छलफल हुने

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज पार्टीको केन्द्रीय कमिटी बैठक राख्दै छ।

    ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि बिहान ११ बजे नेपाल समूहले केन्द्रीय बैठक राख्न लागेको हो।

    कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने बैठकमा आगामी रणनीतिबारे छफल गरिने नेपाल पक्षका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

    आजै दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा ओली पक्षले एमाले संसलदीय दलको बैठक राख्दै छ। त्यसमा नेपाल पक्षले आफ्ना सांसद पनि सहभागी हुने संकेत देखाएको छ तर त्यसबारे बिहान बस्ने केन्द्रीय बैठकले निर्णय गर्ने सम्भावना छ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १०:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij