Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ? 


  • 2.7K
    Shares

    कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले लिलामीमा ल्याएको संस्थापक शेयरमा आवेदन दिन म्याद थप गरेको छ ।

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर शेयर जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो । 

    यसअघि बैंकले अन्तिम मिति असार ४ गते तोकेको थियो । तर, थप गरेपछि लगानीकर्ताले असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

    न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० मा असार ११ गते कार्यालय समयसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

    प्रकाशित मिति :आषाढ ४ २०८१ मंगलवार - ०७:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij