Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा एकैदिन ५९ हजारमा कोरोना पुष्टि

भारतमा एकैदिन ५९ हजारमा कोरोना पुष्टि


  • 7.3K
    Shares

    भारतमा एकैदिन ५९ हजारमा कोरोना पुष्टि
    images

    भारतमा कोरोना भाइरस संक्रमितको संख्याले फेरी नयाँ रेकर्ड कायम गर्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ ।

    योसँगै भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

    यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १०:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij