२०८२ भाद्र २४ गते मंगलवार
गोरखा । डँडेलो निभाउने क्रममा गोरखामा एकजनाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका वडा नम्बर ७ को सातदोबाटो सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको मृत्यु भएको हो ।
वनको आगो घर नजिकैको परालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षीय फेवाली मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बुधवार राति आगो निभाउन गएका उनी लामो समय नफर्किएपछि खोजी गर्दा मृत भेटिएका एसपी शेखर खनालले जानकारी दिए ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिका ८ जराङका एक किसानको भैंसीलाई डडेलोले जलाएको छ । जंगलमा लागेको डढेलोबाट चरनमा लगेको भैंसीलाई पोलेर घाइते बनाएको भैंसी धनी शङ्खे रम्तेलले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij