Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना संक्रमणको त्रास फेरि बढ्यो, झापामा भारतबाट फर्किएकी महिलाको मृत्यु

कोरोना संक्रमणको त्रास फेरि बढ्यो, झापामा भारतबाट फर्किएकी महिलाको मृत्यु


  • 5.5K
    Shares

    कोरोना संक्रमणको त्रास फेरि बढ्यो,  झापामा भारतबाट फर्किएकी महिलाको मृत्यु


    झापा । कोरोना संक्रमण फेरि बढेसँगै झापामा दोस्रो चरणमा पहिलो पटक एक जना संक्रमितको मृत्यु भएको छ। कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया तुलनादेवी कोरोना संक्रमणबाट मृत्यु भएको हो।

    सुरु‌‌‌गा बजारमा पसल चलाउँदै आएकी उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    १० दिनअघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएकी थिइन्। भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सीटी हस्पिटलमा भर्ना गरिएको थियो।

    उनलाई दुईपटक पीसीआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो। थप उपचारका लागि बीएण्डसी अस्पताल भर्ना भएको उनको सोही अस्पतालमा मृत्यु भएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij