२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । डेंगु रोगको संक्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगु हाल ७२ जिल्लामा फैलिएको हो ।
इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना संक्रमित भएका छन् ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।
मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
नेपालमा बाह्रैमास डेंगु संक्रमण देखिएको सरकारी तथ्यांक छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij