Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फोटोफिचर

शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु

शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु


  • 4.3K
    Shares

    शब्द, दृश्य, चित्र र उत्पादनमार्फत्  ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु
    images

    काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु गरेको छ ।

    काठमाडौको नयाँ बानेश्रस्थित एनबी सेन्टरको उमोजो क्याफेमा आयोजित कार्र्यक्रमको  उद्घाटन गर्दै राउटे यूवा नबिन शाहीले  राउटे समुदाय संकटमा रहेको र बिभिन्न समस्याहरू झेल्नुपरेको बताए ।  

    मनघरी फाउण्डेशनको अगुवाइमा सुरु भएको अभियान दश महिनासम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनाकार भरतबन्धु थापाले बताए ।
      
    कर्णाली चिनाउने उदेश्यले अभियानकै रूपमा दैलेखबाट सुरू गरिएको यो कार्यक्रममा लोपउन्मुख राउटे समुदायको जनजीवनमा प्रयोग हुने सामान पनि प्रदर्शनमा राखिएको छ ।

    १० महिनासम्म चल्ने अभियान प्रत्येक महिनाको पहिलो शनिबारबाट सुरु भई तीन दिनसम्म चल्ने छ । अभियानको सुरुवातस्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको दैलेख जिल्लाबाट गरिएको छ ।

    दैलेखको प्रदर्शनी काठमाडौंको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा असार १ गते शनिबारदेखि जारी छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू हेर्न पाइन्छ ।

    हातले बनाएका राउटे समुदायका मदुस, कोशी, कटौरा जस्ता काठका सामाग्रीदेखि कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई पनि प्रदर्शनीमा राखिएको छ ।भिडियोहरुमा दैलेखको सँस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित छन् । 

    प्रदेशको कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका छ भन्ने कुराको बोध गराउन पनि यो कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास आयोजक सस्था मनघरी फाउन्डेशनले लिएको जनाएको छ ।

    raute.jpg

    Ropain-dailekh13.jpg

    Naumukhe-ghar-dailekh-1024x576.jpg

    Raute-12.jpg

    mahabu-dailekh10.jpg

     

    dhuleshwor-mandir-4.jpg

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १०:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij