Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भागरथी बलात्कार र हत्या प्रकरण : अभियुक्तको डिएनए ‘म्याच’

भागरथी बलात्कार र हत्या प्रकरण : अभियुक्तको डिएनए ‘म्याच’


  • 5.6K
    Shares

    भागरथी बलात्कार र हत्या प्रकरण : अभियुक्तको डिएनए ‘म्याच’
    images

    बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ ।

    प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा  अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको  भजाइनल स्वाब मिलेको जनाइएको छ । 

    दिनेशलाई  पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको  छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए ।

    उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई  धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो । 

    दिनेशले पुर्पक्षका लागि  सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए ।  यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।

    गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो ।  

    त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।  पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो ।

    जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । रासस

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij