Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव जमिनमुनी गाडिएको अवस्थामा पर्‍यो फेला

एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव जमिनमुनी गाडिएको अवस्थामा पर्‍यो फेला


  • 5.3K
    Shares

    एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव जमिनमुनी गाडिएको अवस्थामा पर्‍यो फेला

    काठमाडौँ। ओछ्यानसहित बेपत्ता महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका वृद्ध दम्पतीको शव फेला परेको छ । महोत्तरी पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा वृद्ध दम्पती ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको शव फेला परेको हो ।

    यसअघि घटनामा संलग्न रहेको भन्दै प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले आरोपितहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । घटनामा संलग्न रहेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरेसँगै झा दम्पतीको शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो ।

    पक्राउ पर्नेहरूमा पिपरा गाउँपालिका ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव, भारतको विहारस्थित मधुवनी जिल्ला घर भएर महोत्तरीकै पिपरा गाउँपालिका ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुर छन् ।

    १० फागुनमा मुसाफिर झा र गीतादेवी झा आफ्नै घरको कोठामा सुतिरहेकै अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएका थिए ।

    मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूको आङ्कलन गरिरहेका छन् ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:०५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij