२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ। ओछ्यानसहित बेपत्ता महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका वृद्ध दम्पतीको शव फेला परेको छ । महोत्तरी पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा वृद्ध दम्पती ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको शव फेला परेको हो ।
यसअघि घटनामा संलग्न रहेको भन्दै प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले आरोपितहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । घटनामा संलग्न रहेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरेसँगै झा दम्पतीको शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हो ।
पक्राउ पर्नेहरूमा पिपरा गाउँपालिका ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव, भारतको विहारस्थित मधुवनी जिल्ला घर भएर महोत्तरीकै पिपरा गाउँपालिका ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुर छन् ।
१० फागुनमा मुसाफिर झा र गीतादेवी झा आफ्नै घरको कोठामा सुतिरहेकै अवस्थामा ओछ्यानसहित बेपत्ता पारिएका थिए ।
मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूको आङ्कलन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij