Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पार्टीको निर्णयमा बाधक बन्दिनँ : रेशम चौधरी

पार्टीको निर्णयमा बाधक बन्दिनँ : रेशम चौधरी


  • 8.2K
    Shares

    पार्टीको निर्णयमा बाधक बन्दिनँ :  रेशम चौधरी

    काठमाण्डौँ । जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका छन् । नख्खु जेलमा रहेका सांसद चौधरीलेले सरकारमा जाने विषयमा पार्टीले निर्णय गर्ने भएकाले आफू बाधक नबन्ने बताएका हुन् ।

    विभिन्न सञ्चारमाध्यममा सरकारमा जाने विषयमा विवादस्पद अभिव्यक्ति दिएको खबर बाहिरिएको विषयमा उनले खण्डन गरेका छन् ।

    उनले आफू सांसद भएकाले कस्तो विषय बोल्ने त्यो आफूलाई जानकारी भएकाले पार्टीको विधि पद्धति अनुसार अध्यक्ष महन्थ ठाकुर र अन्य नेताहरुले राम्रो गरिरहेको बताएका छन् ।

    ‘सरकारमा सहभागी हुने नहुने निर्णय मेरो एक प्रयासले सम्भव हुने कुरा पनि होइन । त्यो पार्टीको निर्णय होला’, उनले भनेका छन्, ‘पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । कृपया जथाभावी, कपोकल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखी नबनाई दिनुहोला ।’

    ‘जेलमा रहे पनि म सांसद हुँ । मेरो मर्यादा मलाई थाहा छ । म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दिन । पार्टीको विधि पद्धति अनुसार अध्यक्ष महन्थ ठाकुर र अन्य नेताहरुले राम्रो गरिरहनु भएको छ ’, उनले भनेका छन् ।

    Untitled-7.jpg

     

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १५:५४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij