Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज पनि बजारबाट ३० अर्ब रुपैयाँ  झिक्दै राष्ट्र बैंक

आज पनि बजारबाट ३० अर्ब रुपैयाँ  झिक्दै राष्ट्र बैंक


  • 2.0K
    Shares

    आज पनि बजारबाट ३० अर्ब रुपैयाँ  झिक्दै राष्ट्र बैंक

    काठमाडौँ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको हो । 

    केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । 

    केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

    राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

    निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०८:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij