Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु बैंकको असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक

प्रभु बैंकको असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक


  • 2.3K
    Shares

    प्रभु बैंकको असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

    बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन जेठ महिनाकै निरन्तरता हो ।  

    बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ६ प्रतिशत,६ महिनादेखि १२ महिना अवधिका लागि ६.५०० प्रतिशत,१२ महिना माथि देखि ५ वर्ष अवधिका लागि ७ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७.५०० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।  

    यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ५ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.५०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

    बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७.५०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ७.५०० प्रतिशत ब्याजदर तोकेको छ ।  

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०८:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij