Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर


  • 2.3K
    Shares

    असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

    काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाको लागि ब्याजदर घटाएका छन्। 

    अहिलेसम्म प्राप्त १० वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १ वटा बढाएको छ। बाँकी ३ वटा स्थिर राखेको छ।

    वाणिज्य बैंकमध्ये एनआईसी एसिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइएमई व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

    असारमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर एनआईसी एसियाले ७.६९ प्रतिशत, सिटिजन्सले ६.९ प्रतिशत, एभरेष्टले ५.७५ प्रतिशत, कुमारीले ६.५६ प्रतिशत, सानिमाले ६.८ प्रतिशत र ग्लोबल आइएमईले ६.५ प्रतिशत कायम गरेका छन्। 

    जेठमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर एनआईसी एसियाले ७.८ प्रतिशत, सिटिजन्सले ७ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, कुमारीले ७.२६ प्रतिशत, सानिमाले ६.९ प्रतिशत र ग्लोबल आइएमईले ७.५ प्रतिशत कायम गरेका थिए।

    नेपाल बैंकले भने असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ६.७५ पुर्याएको छ। जेठमा ६.३९ प्रतिशत थियो।

    सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले जेठकै ब्याजदरलाई असारमा निन्तरता दिएका छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम सिद्धार्थले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत र कृषि विकास बैंकले ५.६६ प्रतिशत दिएका थिए।

    बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०७:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij