Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

१४ जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएपछि सरकारले बनाउन थाल्यो लकडाउनको मोडालिटी 

१४ जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएपछि सरकारले बनाउन थाल्यो लकडाउनको मोडालिटी 


  • 7.3K
    Shares

    १४ जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएपछि सरकारले बनाउन थाल्यो लकडाउनको मोडालिटी 
    images

    काठमाडौं । भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएसँगै नेपालमा पनि भित्रिएको आशंका गरिएको छ ।

    भारतको सीमानाकाबाट प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षणमा सरकारले कडाई गर्दै चेकजाँच बढाएको छ। यसैबीच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले भारतबाट आएका १४ जनामा संक्रमण पुष्टि भएको बताए। 

    यो भए संगै  सरकारले फेरि लकडाउन हुनसक्ने जनाएको छ । यसको लागि तयारी समेत गरेको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको हो।

    बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।

    उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ।’

    आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरे। पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

    सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौँ।’

    रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ। बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १४:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij