Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.4K
    Shares

    कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । 

    सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।  

    सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।  निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

    प्रकाशित मिति :जेठ ३१ २०८१ बिहिवार - ०८:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij