२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौँ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।
यो पदका लागि आवेदन दिन इच्छुक फ्रेसर आवेदकको उमेर २८ वर्ष नकटेको र २ वर्ष बैंकिङ कार्यानुभव भएकाको उमेर भने ३० वर्ष नकटेको हुनु पर्नेछ । आवेदकको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा उत्तिण गरेको हुनुपर्नेछ ।
आवेदकले न्यूनतम ६० प्रतिशत अंक वा २.८ सीजीपीए हासिल गरेको हुनुपर्नेछ । साथै राम्रोसँग नेपाली र अंग्रेजीमा लेख्न/बोल्न सक्ने,कम्प्युटरको राम्रो ज्ञान भएको र वाणिज्य बैंकमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।
सम्बन्धित प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । इच्छुक तथा योग्य आवेदकले आगामी असार १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij