Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

घरबेटीकी छोरीलाई ड्रग्स खुवाएर बलात्कार गर्ने युवक पक्राउ

घरबेटीकी छोरीलाई ड्रग्स खुवाएर बलात्कार गर्ने युवक पक्राउ


  • 5.3K
    Shares

    घरबेटीकी छोरीलाई ड्रग्स खुवाएर बलात्कार गर्ने युवक पक्राउ
    images

    घरभेटीकी छोरीलाई लागू औषध (ड्रग्स) खुवाएर बलात्कार गरेको आरोपमा बाँके प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा घर भएकी १९ वर्षीया किशोरी (घरभेटीकी छोरी)लाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका-१ घर भइ १० वर्षदेखि नेपालगञ्ज बस्दै आएका २४ वर्षीय मिमबहादुर बुढा छन् ।

    मिमबहादुरले आफू डेरामा बस्दै आएको घरका घरधनीकी छोरीलाई घुम्न जानेभन्दै घरबाट लगेका थिए । उनी त्यहाँबाट युवतीसँगै बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीको होमस्टे पुगेका थिए ।

    होमस्टेमा लगेर पेय पदार्थ (जुस)मा लागू औषध नाइट्राजेपाम मिसाएर किशोरीलाई खुवाएर बेहोस बनाइ बलात्कार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

    ती युवतीलाई गत मंसिर ६ गते अचेत अवस्थामा नै घरमा लगेर छाडेपछि उनी बेपत्ता भएका थिए ।

    भेरी अस्पताल नेपालगञ्जमा उपचार पछि युवती होसमा आएकी थिइन् । पीडित किशोरीले मिमबहादुरले आफूमाथि बलात्कार गरेको भन्दै आमालाई खबर गरेपछि प्रहरीमा उजुरी परेको थियो ।

    पीडित किशोरीको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले मिमबहादुरको खोजी गरेको थियो ।

    खोजीका क्रममा मिमबहादुरलाई चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १४:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij