Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भारतमा ४० वर्ष जेल बसेका दुर्गा प्रसादले पाए नेपाली नागरिकता

भारतमा ४० वर्ष जेल बसेका दुर्गा प्रसादले पाए नेपाली नागरिकता


  • 6.7K
    Shares

    भारतमा ४० वर्ष जेल बसेका दुर्गा प्रसादले पाए नेपाली नागरिकता

    ४० वर्ष भारतीय जेलमा बिताएर भर्खरै नेपाल आएका इलामका दुर्गा प्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले आज ९बिहीवार० जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका आधारमा नागरिकता पाएका हुन् ।

    कोलकताको जेलमा बिना कसूर ४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसाद अघिल्लो शनिवार रिहा भएका थिए । उनी चैत ८ मा घर इलाम पुगेका थिए । निवेदन पेश गरेको केहीछिन् मै उनलाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

    उनको नागरिकतामा नाम दुर्गा प्रसाद तिम्सिना रहेको छ । भारतीय जेलमा भने उनको नाम दिपक जैसी रहेको थियो । माई नगरपालिका १० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ ।

    बिनाकसूर ४० वर्ष जेलमा बिताएको क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिइसकेको छ। नागरिकता प्राप्त भएसँगै भारतीय पक्षसँग कानूनी रुपमा लड्न सजिलो भएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १४:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij