Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला


  • 2.5K
    Shares

    प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेो छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणका लागि विक्रीमा राखेको हो । 

    यसअघि बैंकले ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीले मात्रै शेयर खरिद गर्न पाउने गरी बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन पूसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोर राज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

    यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन भनेको छ ।

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ०९:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij