Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१० महिनामा वाणिज्य बैंकहरूले कमायो ४८ अर्ब ६० करोड नाफा, कुन बैंकको कति ? (सूचीसहित)

१० महिनामा वाणिज्य बैंकहरूले कमायो ४८ अर्ब ६० करोड नाफा, कुन बैंकको कति ? (सूचीसहित)


  • 3.3K
    Shares

    १० महिनामा वाणिज्य बैंकहरूले कमायो ४८ अर्ब ६० करोड नाफा, कुन बैंकको कति ? (सूचीसहित)

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा वाणिज्य बैंकहरुले आधा खर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल स्रञचालनमा रहेको २० वाणिज्य बैंकले चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । 

    नबिल बैंकको नाफा सार्वधीक, कम नेपाल बैंक

    यसअवधिमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले यस अवधिसम्ममा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । तर, गत आवको बैशाखसम्मको तुलनामा भने नबिलको नाफा १०.७४ प्रतिशत कमी हो । वाणिज्य बैंकमध्ये नेपाल बैंकले सबैभन्दा कम ५९ करोड नाफा कमाएको छ ।

    अन्य कुन बैंकको नाफा कति ? 

    नबिल बैंक पछि सबैभन्दा धेरै नाफा आर्जन गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस अवधिसम्ममा बैंकले ४ अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

    तेस्रोमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड, एभरेष्ट बैंकले २ अब ९८ करोड र कृषि विकास बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

    1.JPG

    प्रकाशित मिति :जेठ ३० २०८१ बुधवार - ०७:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij