Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना सम्मानित

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना सम्मानित


  • 2.4K
    Shares

    नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ जना सम्मानित

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको हो। उक्त कार्यक्रम प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीको अध्यक्षतामा काठमाडौँको बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    सिइओ खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा सहभागी अधिकर्ताहरूलाई कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलले उत्प्रेरणा तालिमसमेत प्रदान गरेका थिए । 

    साथै, उनले कम्पनीले अभिकर्ताहरूको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरूको छुट्टाछुट्टै महत्त्व हुने भएकोले सो योजनाहरूमा छनौट हुनका लागि व्यवसायिक कार्यनीति बनाउनु पर्ने बताए । समारोहमा नेशनलरत्न विजेता अभिकर्ताहरूलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो । 

    सो अवसरमा सिइओ खत्रीले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको र कम्पनीमा बिमा गर्ने बिमितहरूलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउँदै अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यवसायिक बनाउन थप लगानी गरिरहेको जानकारी दिए । 

    साथै, उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौँमा बागमति प्रदेशका अभिकर्ताहरूबाट सम्मान गरिएको बताए । 

    कम्पनीले यसअघि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसकेको छ । अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने उनको भनाइ छ । 

    कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित उपप्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुखद्वय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूसमेतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - १७:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij