Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने थापाथलीबाट पकाउ

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने थापाथलीबाट पकाउ


  • 5.2K
    Shares

    मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने थापाथलीबाट पकाउ

    काठमाडौं । बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले बुधबार कीर्तिपुर नगरपालिका मच्छेगाउँ बस्ने गोर्खाका ३२ वर्षीय नविन लामिछानेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

    प्रहरी कार्यालयमा बैंकिङ कसूर मुद्दामा प्रवीण श्रेष्ठविरूद्ध नवराज देवकोटाले जाहेरी दिएका थिए । नविनले सो मुद्दा मिलाइदिने आश्वासन दिएर प्रवीणको परिवारबाट ७० हजार रुपैयाँ लिएको एसपी बस्नेतले बताए।

    ठगी गरेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको थियो।उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, कालीमाटीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

     

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १२:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij