Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

७७ वटै जिल्लामा गृह मन्त्रालयले पठायो यस्तो निर्देशन

७७ वटै जिल्लामा गृह मन्त्रालयले पठायो यस्तो निर्देशन


  • 5.3K
    Shares

    ७७ वटै जिल्लामा गृह मन्त्रालयले पठायो यस्तो निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।

    कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले सबै जिल्लामा पत्र पठाएर यस्तो निर्देशन दिएको हो ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले परिपत्र गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

    भारतमा कोरोनाको संक्रमण बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि गृह मन्त्रालयले भीडभाड हुन नदिनु परिपत्र गरेको उनले बताए ।

    यस्तै नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको उनले बताए ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - ११:५६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij