Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

१५ किलो लागुऔषध गाँजा बरामद, ३ जना पक्राउ

१५ किलो लागुऔषध गाँजा बरामद, ३ जना पक्राउ


  • 5.4K
    Shares

    १५ किलो लागुऔषध गाँजा बरामद, ३ जना पक्राउ

    सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।

    गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका-४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ ।

    राउतद्वयलाई लालबन्दी नगरपालिका-७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि ८ चैतको राति लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नम्बरको अटोमा सवार तीनजनालाई १५ किलो गाँजासहित पक्राउ गरिएको छ ।

    अटो चालक ४५ वर्षीय पुष्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडा नम्बर १४ निवासी ४१ वर्षर्ीय पाल्साङ पाख्रीङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - ११:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij