Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पन्ध्र लाख हकप्रद निष्कासन गर्दै नेपाल लाइफ क्यापिटल

पन्ध्र लाख हकप्रद निष्कासन गर्दै नेपाल लाइफ क्यापिटल


  • 2.6K
    Shares

    पन्ध्र लाख हकप्रद निष्कासन गर्दै नेपाल लाइफ क्यापिटल

    काठमाडौँ । नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

    कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँको १ः ०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

    यस शेयरमा आजसम्म (जेठ २५) सम्म कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । 

    हाल कायम संस्थापक शेयरधनीले आफ्नो कायम शेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ । शेयर खरिदका लागि आगामी असार ११ गतेदेखि असार २५ भित्र आवेदन पेस गर्न सकिनेछ । 

    साथै, तोकिएको अवधिभित्र आवेदन नपरेमा कम्पनीको नियमानुसार सो शेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ । 

    आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पाइनेछ ।

    प्रकाशित मिति :जेठ २५ २०८१ शुक्रवार - ०६:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij