Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल एसबिआई बैंक र फोन पे प्रा. लि.बीच सम्झौता

नेपाल एसबिआई बैंक र फोन पे प्रा. लि.बीच सम्झौता


  • 2.4K
    Shares

    नेपाल एसबिआई बैंक र फोन पे प्रा. लि.बीच सम्झौता

    नेपाल एसबिआई बैंक लि. र फोन पे प्रा. लि बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । 

    नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI) आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् । बैंकले Person-to-Merchant (P2M)  भुक्तानी च्यानल सञ्चालन गर्न फोन पे प्रा. लि सँग सम्झौता गरेको हो ।

    नेपाल एसबिआईको फोन पे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI) भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्। यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

    उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा र फोन पे प्रा. लि तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत श्री यादवेंद« कांत, प्रमूख प्रविधि अधिकृत, श्री सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र फोन पे प्रा. लि का प्रमुख व्यवसाय अधिकृत श्री सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - १८:३०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij