Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ


  • 5.2K
    Shares

    आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

    मकवानपुर । मकवानपुरको मकवानपुरगढीस्थित एक विद्यालयका शिक्षक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

    आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

    सोही विद्यालयका तीनजना छात्राले शिक्षक पाण्डेले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

    पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । शिक्षक पाण्डेले विद्यालयबाट शैक्षिक भ्रमणमा गएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप अभिभावकहरुले लगाएका छन् ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १०:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij