Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

अनुहारमा बरफ दल्दा के हुन्छ फाईदा वा बेफाईदा ?

अनुहारमा बरफ दल्दा के हुन्छ फाईदा वा बेफाईदा ?


  • 4.4K
    Shares

    • images
    अनुहारमा बरफ दल्दा के हुन्छ फाईदा वा बेफाईदा ?
    images

    काठमाडौं । गर्मीको मौसम छ । बरफ सम्झिँदा पनि शीतल महसुस हुन्छ । 

    बरफलाई छाला सुन्दर राख्न पनि प्रयोग गर्न सकिन्छ । यो कुरा नौलो होइन । धुलो, धुवाँ अनि दिनभरिको भागदौड त्यसमाथि खपिनसक्नुको घाम र पसिनाले गर्दा गर्मीयाम छालाले निकै दुःख पाउँछ । यस्तोमा अनुहारमा बरफ दल्नुहोस् । यसले तनाव कम गर्न त मद्दत गर्छ नै छालालाई सुन्दर बनाउन पनि सघाउँछ ।

    अनुहारको छालाका छिद्रहरू ठुला देखिन थालेपछि अनुहार कुरूप देखिन थाल्छ । प्रायः अनुहारको छाला, आँखा मुनि र नाकको वरिपरि छिद्रहरू देखा पर्दछन् । छिद्रभित्र धुलो र फोहोर जम्मा हुन थाल्छ र बिबिरा, डन्डीफोर आदि जस्ता समस्या बढ्न सक्छ । समयमै ख्याल गरिएन भने यसले छालासम्बन्धी अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ ।

    कसै कसैमा भने चिल्लो छाला, उमेरको वृद्धि, डन्डीफोर, इन्फ्लेमेशनका कारण कोलाजेनको कमीले पनि अनुहारको छालामा छिद्र ठुलो भएको हुन सक्छ । यस्ता छिद्र बन्द गर्न कयौँ खालका प्रकारका घरेलु उपायहरू प्रयोग गर्ने गरिन्छ । के तपाईँले आफ्नो अनुहार चिसो पानीमा डुबाउनु भएको छ रु अनुहारमा कहिले बरफको टुक्रा दल्नु भएको छ रु बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न पनि सकिन्छ । यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ । यसले ठुला छिद्र कम गर्छ ।

    यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदा:

    – अनुहारमा बरफ दल्दा रक्त प्रवाह बढाउँछ अनि सुन्निएको पनि बसाल्छ । अत्यधिक सिबमको उत्पादन घटाएर डन्डीफोर आउन दिँदैन ।

    – बरफ दल्दा अनुहारको छालामा लिम्फेटिक तरल निकासीलाई बढावा दिन्छ । यसले सुन्निएको पनि बसाल्छ र पानी अवशोषण कम गर्दछ ।

    – छालामा बरफ लगाउँदा खुल्ला छिद्रहरू अस्थायी रूपमा साना हुन्छन् । मेकअप गर्नु अघि अनुहारमा बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्दछ ।

    – आँखा वरिपरि बरफ दल्दा आँखा सुन्निएको बसाल्छ । आँखाको डार्क सर्कल हटाउँछ ।

    बेफाइदाहरू:

    – यदि, तपाईंको छाला एकदमै संवेदनशील छ भने बरफ नलगाएको राम्रो हुन्छ । किनकि, यसले तपाईंको छालाका कोशिकाहररूलाई मार्न सक्छ वा नोक्सान पुर्‍याउन सक्छ।

    – यदि, तपाईं धेरै लामो समय बरफ अनुहारमा लगाउनुहुन्छ भने पनि त्यसो गर्नु हानिकारक छ । किनकि, धेरै लामो समय चिसो बनाइराख्दा छाला सुख्खा हुने समस्या निम्तिन्छ।

    – त्यस्तै, बर्फले धेरै लामो समय अनुहार चिसो बनाइराख्दा छालाका सेल्सहरू ड्यामेज पनि हुन सक्छन् । जसले गर्दा कालो दाग बन्ने वा छाला एकदमै नराम्रो हुन्छ।

    – अनुहारमा बरफ लगाउँदा अस्थायी रूपमा त केही फाइदा देखिएला तर यस्तो नियमित गर्ने गरेमा पछि गएर छालामा चाउरीपन आउने, दागधब्बाहरू बन्ने जस्ता समस्या देखिन्छन् ।

    – यदि, तपाईंलाई साइनेस वा माइग्रेनको समस्या छ भने अनुहारमा बरफ भुलेर पनि नलगाउनुहोला । किनकि, यसले दुखाइ अझ बढ्न सक्छ।

    प्रकाशित मिति :जेठ २२ २०८१ मंगलवार - ११:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij