२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ।
यसअघि चैत १५ गते आवेदन माग गर्दै सूचना जारी गरेको बैंकले सोमबार दोस्रो पटकको सूचना जारी गरेको हो।
कम्पनीले १४ दिनभित्र योग्यता पुगेका उम्मेदवारलाई उक्त पदका लागि आवेदन दिन भनेको छ।
यसअघि आवेदन दिइसकेका उम्मेदवारले पुनस् आवेदन दिन नपर्ने बैंकले जनाएको छ।
गत माघमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij