Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेपालमा संक्रमणको दर पुनः फैलिँदै, औषत दैनिक ६५७ कोरोना संक्रमित

नेपालमा संक्रमणको दर पुनः फैलिँदै, औषत दैनिक ६५७ कोरोना संक्रमित


  • 5.1K
    Shares

    नेपालमा संक्रमणको दर पुनः फैलिँदै, औषत दैनिक ६५७ कोरोना संक्रमित
    images

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन भएको एक वर्षपछि पुनः नेपालमा संक्रमण दर उकालो लागेको छ । पछिल्लो दुई महिनादेखि घट्दो क्रममा रहेको संक्रमितको संख्या चैत लागेपछि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    ०७६ माघमा नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोभिड–१९ संक्रमण पहिलोपटक भेटिएको थियो । लकडाउन र सरकारले अपनाएका मापदण्डका बाबजुद ०७७ जेठयता नेपालमा संक्रमण दर बढ्दै गयो । नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । जेठ महिनाभर कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाए ।

    असार १३ गतेसम मृतकको संख्या २८ पुगेको थियो भने साउन अन्तिमसम्म यो संख्या बढेर ८७ पुगेको थियो । भदौ अन्तिम साता मृतकको संख्या ४११ पुगेकोमा असोजबाट मृत्युदर झनै उच्च बनेको थियो । असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २–५ जनाको मृत्यु भएको देखिन्छ । जतिबेला सरदर १२ हजार नागरिकमा पीसीआर परीक्षण गर्दा १ हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए । 

    तर, असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्यो । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ । कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १७ संक्रमितको मृत्यु भयो भने कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । ३ हजार ३०९ जना नयाँ संक्रमित भेटिए । कात्तिक २६ गते पनि मृतकको संख्या २६ पुगेको थियो ।

    यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो । मंसिर पहिलो साता न्यूनतम १० देखि १६ जनाको मृत्यु भएकोमा १४ गते मृतकको संख्या संख्या २५ पुग्यो । त्यस्तै मंसिर २१ गते १७ जनाको मृत्यु भएको थियो । यसरी असोज पहिलो साताबाट बढ्दै गएको मृत्युदर मसिंरसम्म उत्कर्षमा पुग्यो । यही अवधीमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि कोरोना अवधिकै उच्च रह्यो । 

    असोजको पहिलो सातादेखि मंसिर अन्तिम सातासम्म र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही तीन महिनाको अवधीलाई कोरोना संक्रमण उत्कर्षमा पुगेको अवधीको रुपमा लिएको छ । तीन महिना उच्च बिन्दूमा पुगेको कोरोना संक्रमण र मृत्युको दर पुस लागेपछि भने घट्दै गयो । पुस ७ गते ३ महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । तीन महिनाको अवधीमा कोरोना संक्रमणका कारण सबैभन्दा कम मृत्यु भएको दिन पनि पुस ७ गते नै हो । त्यसयता मृतकको संख्या ३–७ को हाराहारमिा रहे पनि संक्रमितको संख्या भने धेरै घटेको देखिन्छ । पुस महिनामा कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएको थियो ।

    माघ महिनामा संक्रमितको संख्या पुसको तुलनामा घटेको छ । माघ ५ गतेसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो भने माघ १५ गतेसम्म आइपुग्दा जम्मा मृतकको संख्या २ हजार २० पुगेको थियो । माघ १५ गते भएको शून्य मृत्यु ५ महिनापछिको रेकर्ड हो अर्थात् पाँच महिना लगातार कोभिड–१९ मा संक्रमितले ज्यान गुमाउँदै आएका थिए । 

    माघको अन्त्यदेखि नेपालमा कोभिड–१९ संक्रमण दर र मृत्युको संख्या दुवै घटेको मन्त्रालयको तथ्यांक छ । फागुनको पहिलो सातादेखि नेपालमा कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको तथ्यांक छ । फागुन पहिलो साता ७ गते २ हजार ९३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टी भएको थियो । त्यसयता लगातार कोभिड–१९ संक्रमितको संख्या ओरालो लागेको देखिन्छ । 

    फागुन  मध्यदेखि अन्तिमसम्म ३ हजारको हाराहारीमा पीसीआर परीक्षण गर्दा १ सयभन्दा कम संख्यामा संक्रमण पुष्टी भएको पाइएको मन्त्रालयको तथ्यांक छ । फागुनको अन्तिम साता संक्रमितको संख्या दैनिक ४७ सम्म रहेको देखिन्छ ।

    तर, चैतयता यो संख्या बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत ६ गते ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टी भएको थियो । चैत १० गतेसम्मको तथ्यांक हेर्दा नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । यो औषतमा दैनिक ६५७ हो । 

    अहिले १ हजार १२८ जना आइसोलेसनमा छन् भने ४८ जनालाई संस्थागत क्वारेन्टिनमा राखिएको छ । 

    लकडाउन भएको १ वर्ष बित्दैगर्दा नेपालमा पुनः संक्रमणको दर उकालो लागेको हो । भारतमा ५ महिनायताकै उच्च दरमा संक्रमण फैलिँदै गर्दा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा जोखिम बढेको छ । काठमाडौं उपत्यकामा समेत संक्रमितको दर बढेको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घण्टामा देखिएका १८८ संक्रमितमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ११६ जना छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई हप्ताअघिसम्म ६–७ जना कोभिड संक्रमित भर्ना हुने गरेकोमा अहिले १२ जानासम्म आउन थालेका छन् । पछिल्लो समय आउने संक्रमितमा खोकी र निमोनियाको देखिने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोलाले बताए । कोभिड–१९ को विभिन्न प्रजाती देखिएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरुले बताउँदै आएका छन् । 

    “नेपालमा पछिल्लो समय बढेको संक्रमण दरले पुनः पहिलेकै अवस्था नआउला भन्न सकिँदैन, यसमा सरकार र नागरिक दुवै सचेत हुनु जरुरी छ,” वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन भन्छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १४:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij