Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गृह मन्त्रालयको सर्कुलर पछि जनमानसमा बढ्यो यस्तो त्रास, क्वारेन्टिन र आइसोलेसन किन चाहियो ?

गृह मन्त्रालयको सर्कुलर पछि जनमानसमा बढ्यो यस्तो त्रास, क्वारेन्टिन र आइसोलेसन किन चाहियो ?


  • 6.0K
    Shares

    गृह मन्त्रालयको सर्कुलर पछि जनमानसमा बढ्यो यस्तो त्रास, क्वारेन्टिन र आइसोलेसन किन चाहियो ?

    काठमाडौं । गृह मन्त्रालयले  स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै तयारी हालतमा बस्न सरकारले निर्देशन दिए संगै जनमानसमा भने त्रास थपिएको छ। 

    गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । यो भए संगै फेरी लक् डाउन हुने आशंका बढ्न थालेको हो। 

    सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) चक्र बहादुर बुढाले बताए ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो ।

    स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले  परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

    ‘सिमानामा स्वास्थ्य चेकजाँच गर्न भनेका छौं’ गृह प्रवक्ता बुढाले भने–‘फेरी चाहिन सक्छ है भनेर क्वारेन्टिन र आईसोलेशन अपडेट गर्न निर्देशन दिएका छौं ।’

    एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टिन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ । सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij