Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

अत्याधिक गर्मी बढेसँगै ६ जनाको मृत्यु : प्रशस्त पानी पिउन र चिसो ठाउँमा बस्न आग्रह 

अत्याधिक गर्मी बढेसँगै ६ जनाको मृत्यु : प्रशस्त पानी पिउन र चिसो ठाउँमा बस्न आग्रह 


  • 3.3K
    Shares

    अत्याधिक गर्मी बढेसँगै ६ जनाको मृत्यु : प्रशस्त पानी पिउन र चिसो ठाउँमा बस्न आग्रह 
    images

    पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

    राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । 

    राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । 

    स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या सोमबार दुई हजार आठ सय नौबाट बढेर तीन हजार छ सय २२ पुगेको छ । 

    मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।

    भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । 
    गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो । 

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - १०:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij