Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नयाँ प्रजातिको चरा फेला

नयाँ प्रजातिको चरा फेला


  • 10.7K
    Shares

    नयाँ प्रजातिको चरा फेला
    images

    चितवन । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ«े चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।

    चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो । रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ«े चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो ।

    एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।

    यो चरासहित अब चितवनमा ६५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ«े चाँचर’ चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चरा हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । विभिन्न देशबाट लामो दूरी तय गर्दै चरा जाडो छल्नका लागि यहाँ आउने गर्छन् । रासस

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - ११:२६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij